रक्सी नखान आग्रह गर्दा पत्नीकोे जिब्रो काटिदिए पतिले

लखनउमा एक व्यक्तिले रक्सीको नसामा आफ्नै पत्नीको जिब्रो दाँतले काटेका छन् । जब पति साँझ रक्सीले लट्ठ हुँदै घर पुगे त्यसपछि दिनदिनै रक्सी पिउने गरेको भन्दै पतिपत्नीबीच झगडा शुरु भयो । झगडापछि पत्नीको घाँटी थिचेर हत्या गर्ने कोशिस गरे । तर जब यसमा उनी सफल हुन सकेनन् । तब जिब्रो नै दाँतले टोकेर काटिदिए ।

रिपोर्टअनुसार लखनउको तहशिलस्थित भट्टा गाउँका रिचित नामका पुरुष मदिराको नशामा बेलुका जब घर पुगे त पत्नीलाई मरणाशन्न हुनेगरी कुटपिट गरे । प्रहरीमा परेको जाहेरीअनुसार कुटपिटपछि घाँटी थिचेर हत्या गर्ने कोशिस गरेको बताइएको छ । जब उनी त्यसमा सफल भएनन् ।

अनि घाँटी दबाउँदा जब पत्नीको जिब्रो बाहिर निस्कियो, त्यतिबेलै दाँतले काटेर जिब्रो नै अलग गरिदिए । मुखबाट रगत आए पनि निर्ममताको सीमा नाघ्दै अझै पत्नीलाई कुटपिट गरिरहे । जब महिला कराएको आवाज छिमेकीले सुने अनि प्रहरीलाई खबर गरे । समयमै प्रहरी पुगेपछि घाइते महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेका छन् ।

पतिलाई प्रहरीले पक्राउ गरेको छ भने, महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । डिसिपी सेन्ट्रल सोमेन वर्माका अनुसार आरोपी रचित राणवतले कुटपिटपछि पत्नीको जिब्रो काटिदिएका हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *