सगरमाथाको उचाई मापनसँगै चीन र अमेरिकाबीच चल्दै आएको उचाई द्वन्द्व समाप्त

काठमाडौं, मंसिर । सगरमाथाको उचाईलाई लिएर पटक–पटक संशय उत्पन्न हुने गर्दछ । सन् १९९९ देखि २००५ सम्म त सगरमाथाको उचाईलाई लिएर राजनीति नै भयो भने २०१५ मा भूकम्पपछि सगरमाथाको उचाईमा चीनले नै शंका ग¥यो । त्यसअघि नै उचाई घटेको दावी गर्दै आएको चीनले उचाई मापन गर्ने निर्णय ग-यो । गत वर्ष चिनियाँ राष्ट्रपति सी आउँदा भएको सहमति अनुसार दुई देशले संयुक्त रुपमा उचाई घोषणा गरे ।

योसँगै अब सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ । हिमाल र पहाडबारे रूची राख्ने अधिकांश मानिसलाई विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने विषयमा दुई मत छैन । त्यसमाथि पनि यसको उचाई ८ हजार ८ सय ४८ रहेको सबैलाई ज्ञात नै छ । सन् १९५५ मा भारतीय नापी विभागले यसको उचाई ८ हजार ८ सय ४८ रहेको तथ्य सार्वजनिक गरेको थियो ।

तर, सगरमाथाको उचाईमा विवाद भने पछिसम्म पनि चलिरहेको छ । सगरमाथाको उचाइ चीन र अमेरिकाले आ–आफ्ना नाप विश्व पर्वतारोहण महासंघमा प्रस्तुत गरेका थिए ।सन् १९९९ मा अमेरिकाले सगरमाथाको उचाइ बढेर ८ हजार ८ सय ५० मिटर भएको सार्वजनिक गरेको थियो । अनि चीनले सन् २००४ मा ८ हजार ८ सय ४४ मिटर नाप निकालेको थियो ।

दुवै देशले नेपालसँग समन्वय नगरी नाप निकालेका थिए भने त्यसबीचमा चीनले आफ्नो भूमिबाट सगरमाथा आरोहण गर्नेलाई त्यही उचाइका प्रमाणपत्र दिन थाल्यो । यो क्रम सन् २००७ देखि २०१५ सम्म चल्यो ।

महासंघले सन् २०१० मा दुवै देशको उचाइ दाबीलाई मान्यता दिएन । बरु मध्यमार्गी भएर ‘जुन देशले जे कायम गर्छन्, त्यसैलाई मान्ने’ निर्णय गरिदियो । अर्थात्, अमेरिका, चीन वा नेपालले जुनजुन उचाइ दाबी गर्छन्, महासंघ त्यसमा नमुछिने बरु ती सबै प्रमाणपत्र स्वीकार्ने मनस्थितिमा पुग्यो ।

कहिले कहिले मापन भयो उचाई ?

–सन् १८४७ मा सर्भे अफ इन्डिया (एसओआई) अन्तर्गत ‘ग्रेट ट्रिगोनोमेट्रिक सर्भे (जीटीएस)का आर्मस्ट्रोङ्गले सगरमाथाको आधिकारिक रूपमा उचाइ मापन गरी ८७७८ मिटर रहेको उल्लेख । उनकै टोलीमा रहेका जर्ज एभरेस्टका नाममा यसको नामाकरण गरियो ।

– सन् १८४९/५० मा एसओआईले सगरमाथाको नेपालतर्फ ‘फेसिङ साइट’ को उचाइ मापन गरी ८८४० मिटर निर्धारण ।

–सन् १९५४ मा एसओआईकै बीउल गुलाटी नेतृत्वको टोलीले पुनः सगरमामथाको उचाइ मापन गरी ८,८४८ मिटर भएको निष्कर्ष ।

–चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङ (एबीएसएम)ले तिब्बत तर्फबाट सन् १९७५ मा सगरमाथाको उचाइ मापन गर्दा यसको उचाइ ८,८४८.१३ रहेको तथ्य ।

–सन् २००५ मा सगरमाथाको चट्टान उचाइ (रक हाइट) ८,८४४.४३ मिटर रहेको भनी दाबी ।

–सन् १९९९ मा बोस्टन म्युजिएमर अफ साइन्स, अमेरिकाका प्रो ब्राड वासबर्नले जीपीएस प्रविधिको प्रयोग गरी सगरमाथाको उचाइ मापन गरी ८,८५० मिटर रहेको तथ्य ।

–सन् २०२० मा नेपाल र चीनद्वारा संयुक्त रुपमा ८८४८.८६ मिटर पुगेको सार्वजनिक ।

कसरी मापन ग-यो नेपालले ?

सगरमाथाको उचाइ मापन गर्ने क्रममा नेपाल–भारत सीमास्थित सिराहको माडरबाट नेपाली टोलीले लेभलिङको काम थालेको थियो । नेपाल–भारत सीमा नजिक सिराहाको माडरमा आधारभूत ‘फन्डामेन्टल डटम’ बिन्दु स्थापना गरेर थालनी भएको उचाइ मापनको काम २०७६ जेठ ८ गते शिखर आरोहण गरी १ घण्टा १६ मिनेटसम्म जीएनएसएस र जीपीएस विधिबाट गणना गरिएको विभागले जनाएको छ ।

नापी विभागको टोलीले सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, चुल्यामु र पिकेसम्म करिब २४८ किलोमिटरमा समतल नापीको सर्वेक्षण गर्नेदेखि ३४६ स्टेसनबाट सर्भे गरी तथ्यांक संकलन र प्रशोधन गरेको हो ।

विभागले सगरमाथाको उचाइ नाप्ने क्रममा २०७४ कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले यसअघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेका नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । सोलुखुम्बुको ८ र खोटाङ तथा दोलखामा २/२ स्थानमा नियन्त्रण बिन्दू राखेर सगरमाथाको उचाइ मापन सुरु गरेको थियो । उचाइ मापनका लागि कुल १२ वटा नियन्त्रण विन्दू कायम गरिएका थिए ।

किन संयुक्त घोषणा ?

चीन र अमेरिकाबीचको द्वन्द्वको चपेटामा खास नेपाल परेको हो । चीनले एक्लौटी रुपमा यसअघि नै शिखर चढ्नेलाई प्रमाणपत्र दिँदा नेपालले आपत्ति जनाएको थियो । महासंघले यसलाई रोक्न गरेको पहल अनुसार नेपाललाई अपनत्व जगाउन र अमेरिकालाई माथ दिन पनि नेपालसँग मिल्नुको विकल्प थिएन ।

जसका कारण चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा संयु्क्त घोषणा गर्ने निर्णय भएसँगै अहिले मापनको परिणाम घोषणा गरिएको हो । योसँगै चीनले अमेरिकासँग सन् १९९९ देखि चल्दै आएको उचाई द्वन्द्व समाप्त भएको छ । र, सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ कायम भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *