राष्ट्रिय आविष्कार केन्द्र बेबी वार्मर निर्माण गर्दै

राष्ट्रिय आविष्कार केन्द्रमा बेबी वार्मर Baby Warmer अर्थात भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउने “न्यानो नानी” निर्माण भइरहेको छ । सामाजिक संजाल फेसबुक पेज मार्फत केन्द्रका अध्यक्ष डा. महाबिर पुन सो कुराको जानकारी दिएका हुन। उनले आफ्नो फेसबुकमा लौ हेर्नुस् यसरि बन्दै छ भनेर सम्प्रेषण गरेका छन।” सामान. यो सामान International Electrotechnical Commission को Code IEC 60601-2-21 अनुसारको गुणस्तर संग मिल्ने गरेर बनाईएको छ | अब यो सामान वितरण गर्न लागी रहेका छौँ. पहिलो लट को १२ ओटा “न्यानो नानी” ज्योति विकास बैंकले किनेर उनीहरुले नै छानेको स्वास्थ्य चौकीमा वितरण गर्दै छ | त्यसको लागी उक्त बैंकले १० लाख रुपैंया आविष्कार केन्द्रलाई CSR अनार्गत दान गरेको थियो |

यस्तो किसिमको सामान नेपालमा पाइन्छ | भारतमा बनेको यो सामान बजारमा धेरै चलेको छ र त्यसलाई ७० हजारको वरिपरी पर्छ, युरोप तिर बनेकाहरु लाई १ लाख ५० हजार भन्दा बढी पर्छ | अहिले हामीले बनाउंदा यसमा लाग्ने सामानहरु को करिब ४३ हजार लागेको छ | धेरै मात्रामा बनाउंदा अझै सस्तो पर्छ |

कति साथीहरुलाई यस्तो पनि आविष्कार हो र ? अनि बजारमा नै पाइने चिज बनाएर के को आविष्कार भयो भन्नु होला | यो आविष्कार होइन | यसलाई अंग्रेजीमा ईनोभेशन अथवा Reverse Engineering भन्दछन | हाम्रा ईन्जिनियर भाईहरुलाई बजारमा पाइने यस्तै सामानहरु हेरेर यसको डिजाईन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गरेर अहिलेको अबस्थामा ल्याउन १८ महिना जति लाग्यो | राष्ट्रिय आविष्कार केन्द्रको एउटा लक्ष्य भनेको यस्तो काम गर्नेहरु लाई सहयोग गरेर बिदेशी सामानहरुको आयात घटाउने पनि हो | कुरा बुझ्नु भो ??

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *