हत्या गरी फरार ठकुरी ३० वर्षपछि पक्राउ

तनहुँले प्रहरीले कर्तव्य हत्या गरी फरार रहेका एक युवकलाई ३० वर्षपछि पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका ४९ वर्षिय टोपबहादुर चन्द ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

वि.स.२०४७ साल असोज ६ गते ठकुरीले सोही ठाउँका भिमबहादुर परियारलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकाले ठकुरीलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतको फैसलाले १० वर्ष कैद सुनाएको र ठकुरी फरार रहेकाले पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो । काठमाडाैं होटलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी मङ्गलबार तनहुँ कारागार पठाइएको प्रहरीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *