मिनी पानीजहाज तयार, उद्घाटनको मिति कुर्दै

चितवन । नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी हाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो ।मिनि पानीजहाज सञ्चालननको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्धक रामचन्द्र कँडेलले निर्माण पूरा भइसकेकाले उद्घाटनको दिन जुर्ने बितिकै तयारी पूरा गरेर सञ्चालन गर्ने बताउनुभयो ।

देशका अन्य पर्यटकीय क्षेत्रहरु पनि सहजरुपमा खुल्न नसकेकाले मिनि पानीजहाजको पनि उद्घाटन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । कँडेलले भन्नुभयोे, ‘क्रुजशीप निर्माणको सबै काम सकिएको छ । केही काम उद्घाटनको दिन जुरेपछि पूरा गर्ने तयारी छ ।’ अहिले पानीजहाजलाई अन्तिम रंगरोगन दिने काम भइराखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटनमा आउने इच्छा व्यक्त गर्नुभएकाले समय नपाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्घाटन गरेपछि धमाधम अनलाइन बुकिङको काम सुरु हुन्छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले गतवर्ष साउनमा पत्रकार सम्मेलन गरी दसैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिए पनि प्रमुख अतिथिको समय नमिल्दा उद्घाटनको दिन जुर्न सकेको छैन । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि दसैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *