क्लासिक ३५० को नयाँ भेरियन्ट नेपालमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक विवेक अटोमोबाइल्सले नेपालमा क्लासीक ३५० को नयाँ भर्सनको विक्री सुरु गरेको छ । कम्पनीले क्लासिक ३५० सिग्नल्स भेरिएन्टको विक्री सुरु गरेको हो । कम्पनीका अनु सार यो मोटरसाइकल नेपाली बजारमा दुई कलर अप्सनमा उपलब्ध रहेको छ ।

यससँगै कम्पनीको डबल च्यानल एबीएस सुबिधा भएको पहिलो मोटरसाइकल क्लासिक ३५० भएको छ । यसअघि नेपाली बजारमा रोयल इन्फिल्डमा सिगंल च्यानल एबीएसमा मात्र उपलब्ध रहेको थियो। कम्पनीले यसको ग्राफिक्समा निकै परिवर्तन गरेको छ । एयर वर्न ब्लु र स्ट्रोम राइडर स्यान्ड दुई कलरमा उपलब्ध यो मोटरसाइकलको फ्यूल ट्याङकमा प्रडक्सन नम्वर प्रिन्टेड रहेको छ । यसको मफ्लरमा ब्ल्याकआउट फिनिसिङ दिएको छ ।

कस्मेटीकका अलावा कम्पनीले यसमा मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा ३५० सीसी क्षम ताको सिंगल सिलिन्डर एयर कुल्ड बीएस ४ इन्जिन रहेको छ । यो इन्जिनले १९.८ बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *