१५ र १७ बर्षका किशोरसहित ३ जनाले गरे लोकसेवाको सर्भर ह्याक, पठाए ९ हजार वटा म्यासेज

काठमाडौं, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले आयोगको सर्भर ह्याक गरेर विशिष्ट व्यक्ति सहित झण्डै ९ हजार जनालाई म्यासेज पठाएको बताइएको छ ।

पक्राउ पर्नेमा पोखराका १७ र १५ बर्षका किशोर र ललितपुर सानागाउँका २५ बर्षका विवेक महर्जन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई साइबर व्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्न विशेष अप्रेशन ‘ह्याकर हन्ट’ अपनाउनु परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनूशन्धानका लागि साइबर ब्यूरोले काम गरिहेको बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *