अभिनेत्री दिव्या भटनागरको निधन

काठमाडौं। चर्चित टेलिभिजन अभिनेत्री दिव्या भटनागरको निधन भएको छ । विगत केही दिनदेखि भेन्टिलेटरमा रहेकी उनको सोमबार निधन भएको हो । टेलिभिजन सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा ‘गुलाबो’को भूमिकाबाट चर्चित दिव्या कोरोनाभाइरसबाट संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई गोरेगांवको एसआरभी अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षकी दिव्यालाई निमोनिया भएको बताइएको छ ।

दिव्याकी साथी तथा अभिनेत्री देवोलिना भट्टाचार्यले इन्स्टाग्राममा एक सन्देश लेख्दै उनको निधनको पुष्टि गरेकी हुन् । उनले इन्स्टाग्राममा एक शोक सन्देश पनि पोस्ट गरेकी छिन् । देवोलिनाका साथै दिव्याका अर्का मित्र युवराज रघुवंशीले पनि दिव्याको निधनको पुष्टि गरेका छन् । स्पटब्वायसँग कुरा गर्दै युवराजले दिव्याको निधन आज बिहान ३ बजे भएको पुष्टि गरे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *