भोलि सगरमाथाको उचाइ सार्वजनिक गरिदै

काठमाडौं : नेपाल र चीनले भोलि (मंगलबार) संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन्। पछिल्लो पटक चीनले गरेको सर्भे र नेपालले पहिलो पटक आफैंले गरेको सर्भेपछि लिइएको उचाइलाई दुई देशले संयुक्त रुपमा सार्वजनिक गर्न लागेका हुन्।

काठमाडौंस्थित नापी विभागले सोमबार पत्रकार सम्मेलन गरेर सगरमाथाको उचाइ भोलि सार्वजनिक तयार भएको जानकारी दिएको छ। मंसिर १० गतेको मन्‍त्रिपरिषद बैठकले सगरमाथको उचाइ सार्वजनिक गर्न स्वीकृति दिइसकेको छ। दुवै देशका अधिकारीहरुबीच भोलि संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने निर्णय भएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिएका छन्।

जोशीले फिल्ड सर्भेबाट प्राप्त तथ्यांकलाई नापी विभागको जनशक्तिले आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहबीचको छलफलपछि संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गरिने बताएका छन्।

दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउँदा दुवै देशको सीमा क्षेत्रमा अवस्थित सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो। नेपालले आफ्नै लगानी र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाइ नापेको हो। यसमा चीनले पनि नेपाललाई सघाएको थियो।

२०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको असरले सगरमाथको उचाई तलमाथि भएको आशंका गरिएको थियो। त्यसपछि नेपालले आफैं सगरमाथाको उचाइ नाप्‍ने अभियान चलाएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *