सोमबारबाट बिएमडब्ल्यु गाडी नेपाली बजारमा

विश्व विख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाल भित्रिन लागेको छ। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यु नेपाली बजारमा भित्र्याउन लागेको हो।सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सार्वजनिक गर्न लागिएको कम्पनीले बताएको छ।

उक्त कम्पनीको गाडी सार्वजनिक नहुँदै नेपालमा ६ वटा बिक्री भइसकेको छ। यसको बुकिङ पनि राम्रो रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धन रूपेश शर्मा भट्टले जानकारी दिए। कम्पनीले बिएमडब्ल्युको शोरूम तिनकुनेमा स्थापना गरेको छ। यो ग्रुपले नेपालमा हुण्डाइको गाडी पनि बिक्री गर्दै आइरहेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *