डान्स मास्टर लिटल च्याम्सको निर्णायकमा तेरिया मगर, सुशान्त खत्री

काठमाडौं । नेपालमा हुन लागेको ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी सो मा निर्णायकमा तेरिया मगर, सुशान्त खत्री र रोहिया महर्जन बस्ने भएका छन् । उनीहरुले प्रतिस्पर्धीको नृत्य मूल्यांकन गरेर नम्बर दिने छन् । ‘सो’ मा एकजना सुपर जज पनि रहने आयोजकले जनाएको छ । सुपर जजका रुपमा नायिका सारंगा श्रेष्ठ रहने छिन् ।

‘ओ संगीता…’, ‘माया बस्यो मुटुमा…’, ‘राम जानी…’, ‘लौ लौं आएँ…’ ‘हामीलाई पनि मायाले हेर…’ लगायत लोकप्रिय गीतमा सारंगाले नृत्य गरेकी छिन्। कार्यक्रमको होस्ट रीमा विश्वकर्मा र सुमन कोइराला (दले दाइ)ले गर्नेछन्। ‘डान्स मास्टर लिटल च्याम्स’ मा १५ वर्ष मुनिका बालबालिकाले भाग लिन पाउने छन् ।

३२ वटा श्रृंखला प्रशारण हुने कार्यक्रम केही महिनापछि सुरु हुने आयोजकले जनाएको छ ।डिजिटल अडिसन लिने तयारी भइरहेको छ । उक्त सो निर्देशक विशाल भण्डारीले गर्दैछन् । ‘कमेडी च्याम्पियन’ सिजन–२ सकिए पछि उक्त सो हुने भण्डारीले जानकारी दिए । सोको विजेताले २५ लाख, फष्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पाउने छन् ।

तर यो रकम उनीहरुले कोरियोग्राफरसँग ५०/५० प्रतिशत बाड्नु पर्ने छ । कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने कार्यक्रम थ्रि–प्रोडक्सन र नेपा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्ने छन् । केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रुपमा रहने छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *