बेलायती राजकुमार दम्पती रेलयात्रामा निस्किए !

लण्डन: बेलायतमा कोरोनाभाइरसको महामारी अनियन्त्रित रुपमा फैलिरहँदा राजकुमार विलियम र उनकी पत्‍नी केट रेल यात्रामा निस्किएका छन् । कोभिड १९ महामारीका क्रममा खटिएर काम गरिरहेका फ्रन्टलाइन वर्कर, घरेलु हेरचाहको काम गरिरहेका कामदार र शिक्षकहरुलाई धन्यवाद दिन उनीहरु यही आइतबार रेलयात्रामा निस्किएका हुन् ।

कोरोना महामारीबाट अति प्रभावित देशमध्ये बेलायत पनि एक हो । साथै यूरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी असर भोगेको देश पनि बेलायत नै बनेको छ । जहाँ कोरोनाबाट हालसम्म ६० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विलियम, रानी एलिजावेथका नाती हुन् । अर्थात् उनी बेलायती राजपरिवारको सिंहासन सम्हाल्ने दोस्रो वरियताका राजकुमार हुन् । उनै विलियम र केट आइतबार ‘रोयल ट्रेन’ बाट सवार भइ देशभरको यात्रामा निस्किएका हुन् । यस अन्तरगत उनीहरु इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सको पनि यात्रा गर्नेछन् । बेलायती मिडियाका अनुसार उनीहरुले १ हजार २ सय ५० माइलको यात्रा गर्नेछन् ।

क्रिसमसको अवसर पारेर देश दौडाहमा निस्किएका राज परिवारका सदस्यहरुले स्थानीय समुदायहरुलाई कोभिड विरुद्ध खटिएकोमा धन्यवाद र कृतज्ञता पनि प्रकट गर्ने बताइएको छ । बेलायती राज परिवारमा ‘रोयल ट्रेन’ पहिलो पटक प्रयोग गर्ने महारानी भिक्टोरिया थिइन् । जसले १८४२ मा स्लोदेखि लण्डनको प्याडिङटन स्टेशनसम्मको यात्रा गरेकी थिइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *