चीनले मानव जीनमा परिवर्तन गरेर ‘सुपर सैनिक’ बनाउँदै

काठमाडौं। अमेरिकाका एक शीर्ष गुप्तचर अधिकारीले चीनले जैविजक रुपमा परिमार्जित सुपर सैनिक बनाउन लागेको दावी गरेका छन् । उनले चीनले यसका लागि आफ्नो जनमुक्ति सेनाका सैनिकहरुमाथि परीक्षण पनि सुरु गरिसकेको दावी गरेका छन् । उनका अनुसार यी ‘जेनेटिकली मोडिफाइड’ सैनिकहरुसँग आम मानिसमा हुने भन्दा निकै उन्नत र अद्भूत क्षमता हुनेछन् । अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशक जोन रेटक्लिफले वाल स्ट्रिट जर्नलमा लेखेको एक लेखमा यस्तो दावी गरेका हुन् ।

रेटक्लिफले चीन अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि प्रमुख खतराको रुपमा अगाडि आएको टिप्पणी गरेका छन् । रेटक्लिफका अनुसार आजको समयमा चीन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा हो र चीन दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रुपमा लोकतन्त्र र स्वतन्त्रताका लागि पनि ठूलो खतरा भएको उनको टिप्पणी छ । बेइजिङ अमेरिकासहित पूरै विश्वमा आफ्नो आर्थिक, सैन्य र प्राविधिक रुपले वर्चश्व स्थापित गर्न प्रयासरत भएको बताउँदै उनले आफ्नो सूचना स्पष्ट भएको बताएका छन् ।

रेटक्लिफको दावीप्रति उनको कार्यालय र सीआइएले कुनै प्रतिक्रिया दिएका छैनन् । गत वर्ष पछि २ अमेरिकी विज्ञ एल्सा कानिया र विल्सन वोर्डनिकले पनि एक लेखमार्फत चीनको महत्वाकांक्षी योजनाबारे खुलासा गरेका थिए । उनीहरुले चीनले युद्धको मैदानमा जैविक प्रोद्योगिकीको प्रयोग गरेको दावी गरेका थिए । उनीहरुले चीनले मानव र त्यसमा पनि सैनिकको जीन सम्पादन गरेर क्षमता बढाउनेतर्फ चासो बढाएको दावी गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *