घट्यो सुनको मूल्य

२१ मंसिर, काठमाडौं । सुनको भाउमा सामान्य गिरावट आएको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ । बिहेको महिना भएकाकारण बजारमा सुनको बिक्री निकै राम्रो भएको व्यवसायीहरुले बताएका छन् । मंसिर लागेसंगै दैनिक झण्डै ३० किलो भन्दाबढीको सुनको ब्यापार रहेको महासंघको भनाई छ । तयारी सुनका गहना उपहारको रुपमा खरिद गर्ने ग्राहकको संख्या धेरै रहेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *