अमेरिकी आकाशमा अन्तरिक्षबाट आएको एक विशाल उल्कापिण्ड विस्फोट

एजेन्सी, मंसिर । अमेरिकी आकाशमा अन्तरिक्षबाट आएको एक विशाल उल्कापिण्ड विस्फोट भएको छ । नासाका अधिकारीहरुले उल्कापिण्ड विस्फोट भएकाे बारे पुष्टी गरेका छन् ।नासाका अधिकारीले एनबीसी न्यूजसँग गरेको कुराकानी अनुसार उल्कापिंड ५६ हजार माइल प्रतिघण्टाको गतिमा पश्चिमतर्फ गइरहेको अवस्थामा पृथ्वी तर्फ प्रवेश गरेपछि बिस्फोट भएको हो।

त्यसक्रममा रकर्ड भएका भिडियोका छोटा छोटा क्लिपहरुपनि सार्वजनिक भएका छन् । बिस्फोटका क्रममा ठूलो आवाज आएको र अत्याधिक उज्यालो प्रकाशसमेत छाएको बताइएको छ । सो बिस्फोटको प्रभाव अमेरिकन मेटेओर सोसाइटीले मेरिल्याण्ड वाशिङटन, डिसी भर्निनिया, पेन्सलभेनिया न्यूयोर्क, ओन्टारियो र मिशिगनमा परेको थियो । त्यहाँका मानिसहरूले आकाशमा विशाल आगोको झिल्का देखेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *