२१ औ शताब्दीको नेपालमा महिलाहरुको प्रगती र महिलाहरु विरुद्ध अपराध

२१ औ शताब्दीको नेपालमा महिलाहरुको प्रगती र महिलाहरु विरुद्ध हिंसा दुबै एकै साथ बडिरहेको अवस्था छ ।पुरुष प्रधान समाजमा महिलाहरुलाइ खुट्टाको जुत्ता सम्झिने प्रथा अझै हट्न सकेको अवस्था छैन।तर पनि महिलाहरुले माहापुरुष ,विरयोद्दा , शुरविर ,बहादुरहरुलाइ जन्म दिइरहेका छन ।त्यही पनि ती जन्म दाता महिला हरु ले सम्मानको दर्जा समाज बाट पाउन सकिरहेका छैनन । महिला हरु विरुद्ध यस्ता हिंसा आलग अलग तरिकाले अलग अलग स्थान जस्तै घर ,सार्बजनिक स्थल ,कार्यालयहरु मा बडिरहेकै छन । हरेक बर्ष २५ नोभेम्बरमा हाम्रो देश भरिमा अन्तर्राष्ट्रिय महिला हिंसा उन्मुलन दिवस मनाइन्छ ।किनकी देशमा महिलाहरु प्रती हुने अर्थात भैइ रहने हिंसा लाई बन्द गर्न सकियोस अनि महिलाहरुले पुरुष सरह समानताको दर्जा हासिल गर्न सकुन ।यसको लागि बुझ्नु पर्ने महिला हिंसा के हो त भन्ने कुरा बारे ,हिंसाको तात्पर्य कसैलाइ पनि शारीरिक रुपले चोट पुर्याउनु अनि कसैलाइ मौखिक रुपले अपशब्द बोलेर मानसिआघात पुर्याउनु हिंसा ठहरिन्छ जस्तै :
(१) बलात्कार ,हत्या ,अपहरण जस्ता कुकृत्य लाई हिंसा मा गनिन्छ ।
(२) तराई तिर विशेष दाइजो प्रथा छ दाइजो मागेर यातना दिनु पनि हिंसा हो ।
(३) गर्भमा छोरा हो या छोरी जचाएर छोरी भए गर्भ मै मारिदिनु पनि हिंसा मै ठहरिन्छ ।
(४) सार्वजनिक स्थलमा छेड्खानी गर्नु ।
(५) छोरा छोरी जन्माएर छोरा छोरिमा भेदभावपूर्ण तरिका ले पालन पोषण गर्नु ।
यसरी समाज मा बिद्दमान स्थिती ले महिला हरु प्रती अपराध हुनुको मुख्य कारण जस्तै :-
(१) छोरिहरुलाइ शिक्षा प्रदान नगरिनु।
(२) छोरी हरु लाई घर भित्रै सिमित राखी बाहिरी संसार बाट परिचित नगराउनु अन्धकार मा राख्नु ।यस्ता कारण हरु ले छोरी हरुले आफू भित्रको आत्मबिश्वास बाट बन्चित हुनु ।
(३) दुर्गम तिर घरको आर्थिक अवस्था राम्रो नभएर सहरी क्षेत्र हरु मा जस्तो काम गरेर भए पनि पैसा कमाउन पठाउनु ।
(४) बिद्यालय तिर नैतिक शिक्षा को पठन पाठन नहुनु । आदि महिला हिंसा
हुन सक्ने अवस्था हरु हुन ।

“ जवान छोरी हरु बुहारी हरु मा बलात्कारपारिवारिक हिंसा दिन प्रतिदिन बड्दो छ ।त्यसैले यस्ता घटना रोक्न अनि महिला लाई पुरुष सरह समान अधिकार दिलाउन केही सामाजिक अभियान पनि चलाउन सकिन्छ ।जस्तो छोरी हरु मात्र जन्मेको घरमा वंश चलाउन ज्वाइँ नै ससुराली बसेर छोरा समान व्यबहार गर्नु ,सन्तान नभएका घरमा छोरी लाई गोद लिनु “
अब आऔ महिला हिंसा रोक्न के के सामाजिक उपाय हरु प्रयास गर्न सकिन्छ त ? महिला हरु विरुद्ध हुने हिंसा रोक्न सरकारी प्रयास हरु लिखितमा मात्रै प्रयासरत देखिन्छन ।यसरी लिखितमा मात्रै होइन सडक नाटक गरेर , बिद्यालय हरुमा नैतिक शिक्षा जरुरी गरेर , जसरी अहिले को माहामारी कोरोना को फोन मा टिभी मा बिज्ञापन हरुमा जनमानसमा प्रभाव पर्ने गरि सचेतना मुलक शन्देस
प्रवाहित गरेको जस्तै गरेर छोरी पडाउ समाज बनाऔ भन्ने नारा ले बिज्ञापन गरेर महिला हिंसा रोक्न पनि सकिन्छ ।हुन त सरकार ले महिला हिंसा रोक्न पहल गरेको होला तर लाग्छ प्रभावहिन छन सरकारी प्रयाश हरु त्यही भएर त दूध मुखे छोरी हरु ,जवान छोरी हरु बुहारी हरु मा बलात्कारपारिवारिक हिंसा दिन प्रतिदिन बड्दो छ ।त्यसैले यस्ता घटना रोक्न अनि महिला लाई पुरुष सरह समान अधिकार दिलाउन केही सामाजिक अभियान पनि चलाउन सकिन्छ ।जस्तो छोरी हरु मात्र जन्मेको घरमा वंश चलाउन ज्वाइँ नै ससुराली बसेर छोरा समान व्यबहार गर्नु ,सन्तान नभएका घरमा छोरी लाई गोद लिनु , ग्रामीण क्षेत्र मा महिला हरु लाई शिपमुलक तालिम र रोजगार को लागि व्यावसायिक केन्द्र हरु स्थापना गरेर महिला हरुलाइ आत्मनिर्भर बनाउनु ,सरकारले अनि सामाजिक संघ संस्थाहरु ले दाइजो प्रथा उन्मुलन का लागि आर्थिक कमजोर भएका परिवार हरु का छोरिहरुका लागि सामुहिक विवाह सम्पन्न गराउनु ,सरकार ले छोरी हरु को लागि आत्मरक्षा को तालिम दिलाएर आफ्नो रक्षा गर्नसिकाउनु ,“छोरी लाई अवला होइन सवला बनाऔ भन्ने नाराका साथ आफू प्रती हुने हरेक हिंसा को सामना बहादुरी का साथ गर्न सकुन ।अनि समाजमा महिला हरु ले कसैको सहारामा उभिन नपरोस ।महिला हरु ले अरुलाइ सहारा दिन सकुन ।यस्ता अनेकौ अनेक सामाजिक अभियान चलाएर महिला हिंसा केहि हद सम्म रोक्न सकिन्छ कि भन्ने मलाइ लाग्छ ।
धन्यवाद !!
लेखक :  सामाजिक अभियानता
सपना अर्याल , काठमाडौं

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *