राजतन्त्र स्थापना माग गर्दै चितवनमा भोलि नेपाली झण्डा सहितको बृहत -याली हुँदै

संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा भोलि (शनिबार) नेपाली झण्डा सहितको बृहत -याली हुँदैछ । राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले -यालीको आयोजना गरेको हो ।

बिहान ११ बजेबाट सुरु हुने -याली भरतपुरको केन्द्रीय बस र्टमिनल–हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क – आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन हुनेछ।¥यालीमा चितवनका देशभक्त स्वतन्त्र युवाहरुले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ।

यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै मुलुकका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन भइरहेका छन्। हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *