चीनको मौसम परिवर्तन योजना: भारतभन्दा डेढ गुणा ठूलो क्षेत्रफलमा परीक्षण गर्दै

बेइजिङ: चीनले यसै साता परीक्षणमुलक मौसम संशोधन कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । जुन कार्यक्रम चीनले ५ दशमलब ५ मिलियन स्क्वायर किलोमिटर अर्थात् छिमेकी देश भारतको आकार भन्दा १ दशमलब ५ गुणा ठूलो क्षेत्रफल ओगट्ने गरी परीक्षण गर्ने भएको छ ।

चिनियाँ स्टेट काउन्सिलले हालै सार्वजनिक गरेको विज्ञप्ति अनुसार चीनले मौसम परिवर्तन प्रणाली २०२५ सम्ममा विकास गरिसन्के जनाएको छ । चिनियाँ सरकारले आधारभूत अनुसन्धान र प्रमुख प्रविधि साथै सुरक्षा जोखिमविरुद्ध सुधार भएकोमा सम्बन्धित निकायलाई धन्यवाद समेत दिएको छ ।

यससँगै अबको ५ वर्षसम्म ५ दशमलब ५ मिलियन स्क्वायर किलोमिटर क्षेत्रफलसम्म कृत्रिम वर्षा र हिमपात सिर्जना गर्न चीन सफल हुनेछ । जसबाट असिना समेत वर्षा हुनेछन् । चीन सरकारका अनुसार यस कार्यक्रमले प्रकोप राहत, कृषि उत्पादन, जंगल र झाडीमा हुने आगलागीको आपतकालिन नियन्त्रण र असामान्य रुपमा वृद्धि हुने उच्च तापक्रम तथा सुख्खापनको नियन्त्रण जस्ता काममा यस विधिले सघाउनेछ । चीनले यसअघि २००८ मा बेइजिङ ओलम्पिकको क्रममा कुहिरो तथा बादल र वर्षालाई नै अन्यत्र मोडिदिने विधिको प्रयोग गरेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *