दाङका तीन जना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु

नेपालगञ्ज, मङ्सिर १९ गते । दाङका तीनजना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा गयराती मृत्यु भएको छ । मृत्यु हुने सबै तुलसीपुर दाङका हुन् । भेरी अस्पतालमा दुईजना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजनाको मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

गएराती ९ बजेदेखि १२ बजेको अन्तरालमा उनीहरुको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका(१६ का २६ वर्षीय युवकको गएराती १२ः१० बजे मृत्यु भएको थियोे । स्वास्थ्यमा समस्या भएपछि मंसिर १० गते भर्ना भएका थिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका(५ दाङका ८१ वर्षीय पुरुषको उपचारका क्रममा गएराती १०ः ४५ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियोे । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।

यस्तै लसीपुर उपमहानगरपालिका-११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा गएराती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *