उदयपुरमा सौर्य सिमेन्ट खानीमा शक्तिशाली ४ बम विस्फोट

उदयपुर, १९ मंसिर । उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ । बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांग,बिष्णु बहादुर मगर,शिब शंकर मोक्तांन,सागर मोक्तांन र नबीन मगर सहित ५ जना खानीमा काम गर्ने कामदार सामान्य घाइते भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

घाइतेको कटारी अस्पतालमा उपचार भैरहेको डिएसपी भण्डारीले जानकारी दिए। यस्तै बम विस्फोटले एउटा स्काईभेटर क्षति पुगेको छ भने मोटर सौर्य सीमेंटको कर्मचारीको एउटा साइकल समेत जलाएको प्रहरी स्रोतले जानकारी दिएको छ। । स्थानीयलाई उध्रित गर्दै ४ वटा बम विस्फोटको आवाज आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका टोली घटनास्थल तर्फ गएको एसपी दाहालले बताए । बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यस अघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।

बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा बम नेपाली सेनाको टोलीले १८ घण्टा पछि डिस्पोज गरेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *