काठमाडौँ, १९ मंसिर । शुक्रबार जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
अहिले बिहान उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
पूर्वी र मध्ये क्षेत्रका हिमाली भू–भागमा सामान्य हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ । तराईका जिल्लामा अहिले केही हुस्सु रहे पनि बिस्तारै फाटेर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।