प्रिय Joe Biden,सादर नमस्कार ! हाम्रो पूर्वमा हजारौ वर्ष पहिले नै अभिवादन को माध्यम नमस्कार लाई हाम्रा पूर्वज हरूले सर्व स्वीकृती प्रदान गरेका हुन । जुन कुरा आज covid 19 ले पनि प्रमाणित गर्यो । आजको ३ हप्ता पछि तपांई USA जस्तो महाशक्ति राष्ट्रको सर्वोच्च पद राष्ट्रपति को कुर्सिमा पदार्पण गर्दै हुनु हुन्छ । एउटा प्रजातान्त्रीक समाजवादी आस्था का साथ । हार्दिक वधाई ॥ आज विश्व असमानता , विभेद, ब्यभिचार, गरिवी जस्ता मानव जाति र उसको सभ्यता लाई नै कलंकित वनाउदै “अझ Stefen Hokings को शब्द मा भन्ने हो भने त “मानव सभ्यता लगायत पृथ्वी नै ध्वस्त हुने तर्फ अग्रसर छ । प्राचिन कालमा तपाई जुन पदमा आसिन हुदै हुनु हुन्छ त्यस्तो शक्तिशाली ब्यक्ति लाई चक्रवर्ति महाराज भनिन्थ्यो हाम्रो पूर्वमा ।जुन समयमा वर्तमान सभ्यता को सुरुवात समेत भएको थिएन । मध्ययूगमा नालन्दा, तक्षशिला जस्ता विश्वविद्यालय हरुले विचार , विज्ञान र सिद्धन्त हरुको प्रादुर्भाव गर्दथे । तपांई एउटा प्रजातांत्रीक समाजवादी भएको नाताले म र म जस्तै विश्व भर छरिएर रहेका करोडौ समाजवादीहरुले तपांइ को सासन काल र तपांइले गर्ने ब्यवहार प्रति चनाखो भएर हेरेका छन आसा गरेका छन l विश्व समाजवादी आन्दोलनका नेताहरू रोजा लग्जम्वर्ग, Billibrant , BPKoirala , Jaypriakash Narayan , लगायत सयकडौ पूर्वज हरूले मानव जातिलाई जुनसभ्यता र ब्यवहार , आचरण , सिद्धन्त र समानता को भाईचारा को नासो छाडेर गएका छन । तिनीहरूलाई एकपटक पुनर्जागरण गर्नु आजको आवस्यकता भएको छ । जस्को प्रमूख जिम्मेवारी तपांइको कांधमा आएको छ I आज पृथ्वी covid19 वाट थिलो , थिलो भएको छ । सुन्दैछु तपांइ कै मुलुक वाट खोप आविस्कार हुँदैछ । त्यस्को मूल्य र सर्वसुलभता हामी जस्ता तेश्रो विश्वका गरिव मुलुक लाई मध्यनजर गरेर निर्धारण गर्नुहोला।facebook,Tweter,Googal, microsoft, Apple Samsung , Alibaba Yahamaha , adidas लगायत का सयकडौ company हरुले गर्ने Income | को Tax जो हामी जस्ता गरिव हरूको गiस काटेर जम्मा हुन्छ तपांइ को मुलुक र G20 मा आवध्ध मुलुक हरूले तमाम गरिवदेश हरुलाई वितरण गर्ने नितीको नेतृत्व लिनुहोला । आज जलवायू परिवर्तन को कारणवाट पृथ्वी को अस्तित्व माथी नै प्रश्न चिन्ह खडा भैरहेको वर्तमान प्ररिप्रेक्ष्यमा तपांइको देश लगायत का ठुला औधोगिक देश हरुले गरेको कार्र्वन उत्सर्ग को कारण वाट भएको हो । तर उक्त अपराध को भागिदार तमाम Latin American , African , and Asian गरिवहरू वन्नु परिरहेको छ । त्यसलाई निस्तेज गरि पृथ्वी लाई जोगाई राखेर आगामी पुस्तालाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्नु आजको प्रमुख आवस्यकता हो ।साथै वर्तमानमा धनि देशहरूले गरेको अपराध वाट जम्मा भएको संपती गरिवदेश हरूले पाउनु उनिहरूको हक हो । तपाइको नेतृत्वले सो हकलाई स्थापित गर्नु होला’ आज विश्व का केही धनाड्य मानिस हरुको हातमा सारा संपती को ९०% श्रोत हरु जम्मा भएका छन । जम्मा १०% श्रोत हरु अरवौ मानिस हरु वांच्ने आधार हुन पुगेका छन ।९० कै दसकमा Fransis Fukuyama जस्ता अर्थ सास्त्री हरूले ध्यानाकर्षण गरेका थिए । कुनै पनि सासक ले आज पर्यन्त त्यतातिर ध्यान दिएका छैनन् । फलस्वरूप पुंजीवाद आज उदाङ्गो भएको छ । यसैलाई अर्थ सास्त्री हरू Cronny Capitalism भन्न वाध्य छन । तपांईले यो आवाज लाई सबभन्दा पहिले सुन्नु होला । अव वन्दुक , गोला , वारूद वन्द गरेर विश्वमा शान्ती , विकास , समानता , भाईचारा का कारखाना खोल्ने सुरुवात गर्नुहोला । वसुधैब कुटुम्वकम को सर्व स्वीकार्य सिद्धान्त अंगाल्नु होला । प्रिय मित्र तपाँइ राष्ट्रपतिको सिंहासन मा वसेपछि औपचारिक घेरा भित्र हुने हुनाले मैले केही भन्न र लेख्न असहज हुने हुंदा आजै यति गन्थन गरें। श्रीकृष्ण लाई सुदामाले भेटे जसरी ॥हवस विदा हुन्छु । शुभ रात्री ॥ विपि कोइराला को देश नेपाल वाट एउटा समाजवाद को विद्यार्थी ॥ बालचन्द्र सर्मा, नेपाल , पर्वत हाल काठमाडौ
|