धरान : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाको दमक नगरपालिका३ की ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ।
उनको उपचारका क्रममा सोमबार निधन भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए। कोरोना पोजिटिभ देखिएपछि वृद्धा मंसिर ७ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा कोरोनासँगै दीर्घरोग भएको सहायक प्रवक्ता पोखरेलले बताए । शव व्यवस्थापनको पहल भइरहेको पोखरेलले जानकारी दिए।