• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

माधव नेपाल र खनाल लाइ अझै पनि पार्टीमा ठाउ खाली छ : विष्णु पौडेल

होमपेज / राजनीति
  • ३५९ पटक पढिएको


  • २०७७ पौष १६, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउने दाबि गरेका छन । नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए ।

    तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

    अहिलेपनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ ।

    प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।

    पुस ५ गते झुक्याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने र सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने गलत चेष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको पौडेलले बताए ।

    ‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आत्मसर्मपण गरेका थियौं भने मुलुक अनैतिकता, अराजकता र उछृङ्खलता तर्फ जाने खतरा थियो’ उनले भने ।

    संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको पनि पौडेलले जिकिर गरे । ‘संधिवानको मर्म, भावना र अन्तर्यहरुलाई विश्लेषण गर्दा निर्वाचनमा जान्छ भनेर भन्ने निष्कर्षमा पुग्न सक्छौं’ उनी भन्छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने उनको जिकिर छ ।
    कार्यक्रममा नेता रघुविर महासेठले पार्टीका वरिष्ठ नेताहरुले नै प्रधानमन्त्रीलाई इरिटेड बनाएको आरोप लगाए । उनले प्रधानमन्त्रीले खुशी भएर नभई बाध्यात्मक स्थितिमा संसद विघटन गरेको बताए ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा मधेसमा करोडौं बजेट विनियोजन भएको बताए ।
    प्रचण्ड माधव समुहको अर्को कदम

    प्रदेश १ मा नेकपाको राजनीति तिब्र गतिमा गर्माएको छ । नेकपा प्रचण्ड माधव समुहले संसदीय दलको नेताबाट हाल मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको छ ।

    बिहीबार उपनेता टङक आङबुहाङको नेतृत्वमा बसेको संसदिय दलको आकस्मिक बैठकले सांसद भीम आचार्यलाई संसदिय दलको नेता चयन गरेको हो ।

    नेता आचार्य अविश्वासको प्रस्तावमा दर्ता गराइएका प्रस्तावित मुख्यमन्त्रीका दाबेदार पनि हुन ।

    मुख्यमन्त्री राईले पनि प्रचण्ड–नेपाल समूहका आचार्यसहित १५ जना सांसदलाई बर्खास्त गरेका छन् । उनले ती १५ सांसदहरुलाई तीन महिनाका लागि बर्खास्त गरेका हुन् ।

    १२ पुसमा प्रचण्ड माधव समुहका ३७ सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्री र संसदिय दलको नेताबाट हटाउन माग गर्दे प्रदेश सभा सचिवालयल अनि संसदिय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    प्रस्तावमा छलफल गर्न उपनेता आङबुहाङ र सचेतक सौभाग्यवती राईले १९ पुसमा संसदिय दलको बैठक बोलाएका थिए ।
    तर आविश्वासको प्रस्वाव दलका नेता र प्रमुख सचेतकलाई जानकारी नगराई अबैधानिक रुपमा दर्ता गराएको भन्दै हस्ताक्षर गर्ने सांसदहरुलाई ओली सर्मथक मुख्यमन्त्री पक्षले २४ घण्टे अल्टिमेटम दिदै स्पिष्टिकरण सोधेपछि प्रचण्ड माधव समुहको बिहीबार संसदीय दलको आकस्मिक बैठक बसेको थियो ।उक्त वैठकले ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई बहुमतले हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता भएको छ ।

    बहुमत सांसदहरुले आविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसदहरुलाई कार्वाही गर्ने, लोभ देखाउने, धमक्याउने काम थालेकोले आकस्मिक बैठक बस्नुपरेको उपनेता आङबुहाङले बताए ।

    ओली समुहले भने संसदीय दलको नेता शेरधन राई नै कायम गरेको र अर्को पक्षले अबैधानिक रुपमा राखेको बैठक र छानेको नेता आफुहरुलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।

    ओली पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई कार्वाही किन नगर्ने भन्दै २४ घण्टे स्पिष्टिकरण सोधेका थिए ।

    प्रदेशमा नेकपाका ६७ सांसद मध्ये प्रचण्ड९माधव समुहले ४७ र ओली समूहले २० जना आफनो पक्षमा रहेको दाबी गर्दै आएका छन ।सभामा काँग्रेसको २१ जसपाको ३ राप्रपाको १ र संघीय लोकतान्त्रिक मञ्चको एक जना सांसद छन ।

    सरकारको सिफारिसमा प्रदेश प्रमुखले ७ माघमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाइसकेका छन । यसैले दर्ता भएको अविश्वासको प्रस्ताव संसद सुरु हुने बित्तिकै छलफलमा जानेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution