• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

प्रचण्डले सपनामा पनि प्रधानमन्त्रीको कुर्सी मात्रै देख्नुहुन्छ : शंकर पोखरेल

होमपेज / राजनीति
  • २९१ पटक पढिएको


  • २०७७ पौष १६, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपनामा पनि प्रधानमन्त्रीको कुर्सी मात्रै देख्ने गरेको आरोप लगाएका छन्।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बिहीबार प्युठानमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कार्यकारी अध्यक्षले संगठन निर्माणमा ध्यान दिन छोडेर प्रधानमन्त्रीको कुर्सीमात्रै ताकेको हुँदा समस्या भएको बताए।

    ‘भदौमा दुई अध्यक्षका बीचमा भएको सहमति अनुसार प्रचण्डलाई पार्टीको काम हेर्ने गरी कार्यकारी अधिकार दिइएको थियो, तर उहाँ सधैं बालुवाटार जानुभो र सरकारमा मात्रै ध्यान दिनु भो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘कार्यकारी अध्यक्षले चैतमा महाधिवेशन गर्न तयारी गर्नुपर्ने होइन, तर उहाँले त्यो सबै छोडेर प्रधानमन्त्रीको कुर्सीमा मात्रै ध्यान केन्द्रित गर्नु भो र पार्टीमा समस्या उत्पन्न भयो।’

    त्यस्तै, पोखरेलले अख्तियारमा मान्छे आए आफूले कारबाही भोग्नुपर्छ भन्ने त्रासले संवैधानिक नियुक्ति गर्न नदिएको आरोप लगाए।

    ‘संवैधानिक नियुक्ति गर्नुपर्छ भन्ने केपी अलोकतन्त्रिक हुन् कि त्यो रोक्न खोज्नेहरू?,’ पोखरेलले प्रश्न गरे, ‘निर्वाचनमा जाऊँ, जनतामा जाऊँ भन्नेहरू लोकतन्त्रवादी हुन् कि जानुहुन्न भन्नेहरू हुन्?’
    उनले अहिले पनि लोकतन्त्रका सबै अवयवहरू चलायमान रहेको हुँदा सडकमा कराउनेहरूको कुनै काम नभएको जिकिर गरे।
    ‘प्रतिनिधिसभा विघटन भएर के हुन्छ?,’ उनले भने, ‘बोल्नलाई राष्ट्रियसभा छँदै छ नि! त्यहाँ पनि कांग्रेसका मान्छेहरू छन् र प्रचण्ड– नेपालका पनि कोही त होलान्।’

    प्रमुख प्रतिपक्षी दलले भन्दा पनि जोडबलले प्रचण्डहरूले सरकारलाई असफल देखाउन अनेक प्रत्यन्त गरेपछि तथा काम गर्न नपाएपछि बाध्य भएर प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जानु परेको मुख्यमन्त्री पोखरेलले दाबी गरे।

    जनतामा जानु नै लोकतन्त्र भएको दाबी गरेका उनले जनताका बीचमा जान नचाहनेहरू नै अधिनायकवादीहरू भएको उनले टिप्पणी गरे।

    ‘कस्तो कुप्रचार हो यो,’ उनले भने, ‘ चुनावमा जानु भनेको अधिनायकवाद र तानाशाही रे। बरू चुनावमा जानुहुन्न भन्नेहरू नै तानाशाही हुन्।’

    त्यही बहानामा नेपालको नयाँ नक्सा जारी भएपछि र त्यो नक्सा पारित गर्न संविधान संशोधन भएपछि केपी ओलीलाई हटाउने अभियान प्रचण्डले सुरू गरेको मुख्य मन्त्री पोखरेलले तर्क गरे।

    पदका लोभी प्रचण्डले पूर्वएमाले कब्जाको अभियान थालेपछि समस्या भएको उनले बताए।

    ‘सुदूरपश्चिममा पार्टीको खाताको पैसा समेत प्रचण्ड–नेपालहरूले अन्तै राखेको कुरा सुनेका छौं,’ पोखरेलले प्रश्न गरे, ‘उहाँको नजर पार्टीको सम्पत्ति र जग्गा जमिनमा छ भने को कस्तो भन्ने स्पष्ट हुँदैन र।’

    विघटित प्रतिनिधिसभामा खाली ठाउँ भएपछि त्यसमा माधन नेपाल अध्यक्ष बन्नु र प्रचण्ड संसदीय दलको नेतामा चयन हुनुले पनि उनीहरू कति पदका भोका रहेछन् भन्ने स्पष्ट हुने पोखरेलले तर्क गरे।

    ‘अब उहाँहरूको हैसियत चुनावमा गएपछि थाहा हुन्छ,’ पोखरेलले थपे, ‘अहिले त सडकमा जति गीत गाए पनि हुन्छ।’

    उनले पार्टी वैधानिकताको सवालमा प्रथम अध्यक्षकै हस्ताक्षर निर्वाचन आयोगमा चल्ने र महासचिवले टिप्पणी उठाउने हुँदा स्वत: ओली पक्ष वैधानिक हुने दाबी गरे।

    ‘अब साढे ४ सय जनाले हैन १२ सय जनाको लाइनले वैधानिकता पुष्टि गर्छ,’ पोखरेलले भने, ‘किनकी निर्वाचन आयोगमा हामीले विस्तार गरेका १२ सय जना केन्द्रीय कमिटी निर्वाचन अयाोगमा दर्ता भइसकेको छ।’

    मुख्यमन्त्री पोखरेलले आफूहरूले कसैलाई कारबाही नगरेको तर सदस्यता विस्तारमात्रै गरेको जिकिर गरे।

    ‘प्रचण्ड – नेपालले खाली ठाउँ पाउनासाथ केपी ओलीलाई कारबाही गरेको कुरा गर्नुभयो,’ मुख्यमन्त्रीले थपे, ‘तर, हमीले त्यसो गरेका छैनौं, प्रचण्डले अलिकति गडबढ गर्न थालेपछि कार्यकारी अध्यक्ष पद खोसेको मात्रै हो।’

    उनले प्रचण्ड-नेपाल गल्ती भयो भन्दै सच्चिएर आए अझै पनि पार्टी एकता हुन सक्ने बताए।

    तर, प्रचण्ड – नेपाल पार्टी एकता भंग गरेर अगाडि बढेको उनले आरोप लगाए।

    केपी ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको घोषणा गरिसकेको भन्दै प्रचण्ड–नेपालहरू त्यहाँ जति पनि पाइन्छ त्यो आफैंलाई चाहिन्छ भन्ने प्रवृत्तिको भएको बताए।

    आगामी मंसिरमा आफूहरूले अधिवेशन गर्ने भन्दै उनले कार्यकर्तालाई गाउँ–गाउँ र बस्तीबस्तीमा गएर संगठन विस्तारमा लाग्न आग्रह गरे।

    ५ वर्षमा जनताको बीचमा जानुपर्ने भए पनि ३ वर्षमै जनताको बीचमा जाँदा पुनः आफू अनुमोदन हुने अवसर समेत आएको मुख्यमन्त्री पोखरेलले बताए।

    प्रचण्ड–नेपालको आरोप सही भए जनताले उनीहरूलाई अनुमोदन गर्ने नत्र खुल्याउने उनले तर्क गरे।

    केपी ओलीको नेतृत्वमा पूर्वएमालेले ७० प्रतिशत जितेको र पूर्वमाओवादीले ३० प्रतिशतमात्रै जितेको हुँदा अबको परिणाम के हुन्छ ? भन्ने स्पष्ट भइसकेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution