माओवादी युद्धकालमा पुष्पकमल दाहाल, प्रचण्डको निक्कै नजिक रहेका बालकृष्ण ढुंगेलले पनि उनको साथ छाडेको घोषणा गरेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका उनि पहिलो संविधानसभाका सदस्य समेत बनेका थिए।
ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिनु भएको छ । तत्काल माओवादीका लागि ढुंगेल असली योद्धा थिए । माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक भरपर्दा सहयोगी पनि रहनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपश्चात आफूले वर्षौंसम्म साथ दिएको प्रचण्डको साथ उनले छाडेका छन्।
प्रचण्डको साथ किन छाड्नु भयो भन्ने प्रश्नमा ढुंगेलले भने, ‘उहाँले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।’