आज ०७७ पुस १६ गते ,
राष्ट्रिय मेलमिलाप दिवस ।
विपी एउटा विचार , आदर्श , सिद्धान्त, तथा अझ भनुं भने एउटा संपूर्ण क्रान्ती हुनुहुन्थ्यो ।वहालाई आफ्नो जीवनकालमा यस्ता महारथि हरुले साथ र सहयोग गर्नुभयो जस्को कारणबाट समकालिन नेपाली राजनिती ले इतिहांस को सांगुरो गोरेटो वाट एउटा विशाल राजमार्ग को स्वरूप निर्धारण गरेको हो ।
श्रीमद्भागवत गिताममा श्रीकृष्ण को जुन भुमिका , जिम्बेवारी र कर्तव्यपरायणता छ ! नेपाली क्रान्तीमा विपी को सोही प्रतिविम्व भेटिन्छ भन्दा अत्यूक्ति हुंदैन। वितेका ४५ वर्षमा नेपाली वुद्धिजिवी , अध्येता , इतिहांसकार , र राजनितीसास्त्रका विधार्थीहरूले राष्ट्रिय मेलमिलाप रूपि विचार दर्शन को विषयमा धेरै बहस पैरवी, छलफल ,विश्लेक्षण गरिसकेका छन ,अझै पनि गरिरहने छन ।विज्ञ जनसमक्ष यो ढोका खुल्ला राखि छोड्नु विपी र वहांको मार्गदर्शन प्रति न्याय ठहरिने छ ।
आजको दिनमा मेलमिलाप रूपि भावना , आत्मियता, संकल्प , समर्पण , सम्वाद को प्रगाढ रूपले खांचो भएको महशुस प्रत्येक राष्ट्र प्रेमि नेपालीजनको मन , मुटु र मस्तिस्क मा डेरा जमाएको हुनु पर्छ । आज वितेका ७० वर्ष यता को प्रमुख द्वन्दको रूपमा रहेको राजकिय सत्ता को श्रोत नेपाली जनता हो की ? कोहि दैवि शक्ति वाला को हो ? भन्ने अहम विषय को छिनोफानो भएको
संविधान लाई क्षतविक्षत वनाइएको छ, एकातिर भने आर्कोतिर गौतम बुद्धको भुमि यो पवित्र राष्ट्रलाई भएभरका शक्ति राष्ट्रहरूको कृडास्थल वनाउने कुचेष्टा गरिएको छ ।
सवाल ,oli जस्ता फूच्चे तानासाहा हरु को होइन । यहाँ सवाल हो शान्ति पृय नेपाली र यो शुन्दर , पवित्र र देव भुमि नेपाल को आफ्नो मौलिक पहिचान रहने कि ?
अफगानिस्तान , भुटान र हाईटी जस्तो वनाएर लैजाने भन्ने हो ।
त्यसैले आज राष्ट्रिय मेलमिलाप को अहम महत्व छ ,तर मेलमिलाप !
– यो देशमा स्थायित्व , शान्ति , विकास , संवृद्धि, मुलुकको भुगोलको रक्षा , जनताको जिवनस्तर वृद्धि र खुसिको वृद्धि का लागी ।
= संविधान ले अंगिकार गरेको प्रजातान्त्रिक समाजवाद को लक्ष्य प्राप्तिका लागी I
= विश्व अर्थतंत्र को नेपाल पनि एउटा दह्रो खम्बा (pillar) बन्न र वनाउनका लागी
हुनु पर्छ ।
हेक्का रहोस !
त्यसो त डांकु हरु , ज्यानमारा हरु , तस्करहरू ,under World संचालन गरेर वसेका DON हरुको विचमा पनि अव्वल दर्जाको मेल मिलाप हुन्छ l उनीहरूको विचमा पनि निति, नियम , अनुसासन र आचार संहिता हुन्छ । विपीले चाहेको र कल्पना गरेको मेलमिलाप त्यस्तो कदापी हैन ।
वितेका दशक मा नेपालको राजनिती मा सवैले मेलमिलाप को व्याखा आ आफ्नो स्वार्थ सिद्धिको लागी गरेर नै आज मुलुक यो स्थिती मा पुगेको हो ।दलहरूले गरेका मेलमिलाप तिनै तत्वहरु विचको मेलमिलाप जस्तो भएर नै आज यो स्थिती भएको हो ।
अन्त्यमा ,
विपी कोइराला को विचार र दर्शन वोकेर हिंडिएको भनिएको नेपाली कांग्रेस ले एकपटक आंफूलाई सच्याउनु जरूरी र विलम्व भैसकेको छ । आज राष्ट्रिय मेलमिलाप दिवस मनाउदै गर्दा मुलुक लाई नेतृत्व दिने गरि उदार भावना ले राष्ट्रिय /अन्तरराष्ट्रिय राजनितीका सवै खेलाडी ,हरुलाई एक ठाउँमा राखेर जाने व्यवहार र साहस देखावोस I
हार्दिक शुभकामना ।
लेखक बालचन्द्र शर्मा नेपाली कांग्रेस पर्वतका नेता हुन।