नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल आफ्नो समुहको अध्यक्ष नरहेको अर्काे प्रमाण पनि दिएका छन् । प्रचण्डले आफ्नो समुहमा नेपाल अध्यक्ष नरहेको खुलासा चिनियाँ टोलीसँग गरे ।
मंगलवार आयोजित बिरोधसभामा उनले सम्बोधनको क्रममा नारायणकाजी श्रेष्ठ भन्दा तल राखेर नेपाललाई अध्यक्ष मात्रै भनिएको तर अध्यक्ष नरहेको प्रमाण कार्यकर्तालाई दिएका हुन । प्रचण्डले काठमाडौंमा आयोजित सभामा स्पष्ट रुपमा माधवलाई तेस्रो वरियतामा खुम्च्याइदिए ।आमसभामा मन्तव्य राख्दा प्रचण्डले सुरुमा मुख्यमुख्य व्यक्तिलाई सम्बोधन गरे । उनले भने– ‘हाम्रो पार्टीका प्रवक्ता केन्द्रीय संघर्ष समितिका संयोजक कमरेड…’ । त्यसपछि मात्र उनले माधवको नाम लिए ।
माधव नेपाल पक्षले प्रचण्ड र माधव दुवैजना समान अध्यक्ष भनिरहेको छ । तर, प्रचण्ड पक्षले भने यो कुरा उच्चारण गर्न मानिरहनु भएको छैन । उहाँकै कारण चिनिया टोलीले बाबुराम भट्टराईको घरमा पुगेर भेटदा नेपाललाई भने होटलमा बोलाएर भेट गर्यो । मंगलवारको सभामा माधवको भन्दा नारायणकाजीको नाम अगाडि लिएर प्रचण्डले पार्टीको दोस्रा व्यक्ति माधव होइन भन्ने स्पष्ट संकेत गरे ।