नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए। बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए ।
संविधानत्ः संसदको पुर्नस्थापना गर्न नमिल्ने उनको भनाई छ । आफु संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए। आफूले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रचण्डको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको उनले बताए । एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरेको उनको भनाई छ ।