सत्ताधारी दल नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार विरद्ध भइरहेका प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पुष्टि भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा विटघन पछि हाल राजधानी लगायत देशका धेरै ठाँउमा सरकार विरुद्ध प्रदर्शन भइरहेका छन्।
मंगलबार प्रचण्ड माधव नेपाल समूहले उपत्यका सहित देशका विभिन्न ठाँउमा शक्ति प्रदर्शन गरेको थियो।
प्रदर्शनमा बोल्ने नेताहरुले प्रधानमन्त्री ओली निरंकुश बनेको, भ्रष्टाचारलाई संरक्षण दिएको लगायतका आरोप लगाएका थिए।
नेताहरुका अभिव्यक्तिलाई लक्षित गर्दै ओली निकट नेता रहेका पोखरेलले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको बचाउ गर्दै लेखेका छन, ‘ठुला नेताहरु सडकमा पुगेर जति आक्रोस पोख्तै हुनुहुन्छ, त्यतिनै प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको वाध्यता जनताले वुझ्न पाउदैछन्।’
यस्तै उनले प्रतिनिधिसभा बाहेक लोकतन्त्रका सबै अवयव क्रियाशिल रहेको टिप्पणी गरे । ‘लोकतन्त्रका सबै अवयव क्रियाशिल छन् । जनअधिकार सम्पन्न संविधान क्रियाशिल छ। मात्र प्रतिनिधिसभा विघटन भई चुनाव घोषणा भएको न हो।’ उनले लेखेका छन्।