• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

हदै भए २२ महिना बाँचुला भनेर केपी ओलीले पार्टी एकता गरेका थिए : सुरेन्द्र पाण्डे

होमपेज / राजनीति
  • ३३० पटक पढिएको


  • २०७७ पौष १४, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्।

    पार्टी एकता गर्ने कुरा भए पनि हुन्छ कि हुँदैन भन्ने द्विविधा भएको अवस्थामा ओलीले प्रचण्डलाई भेटेर आफू १८–२० महिनामै मर्ने बताएको पाण्डेले दाबी गरे।

    ‘मलाई त डाक्टरले १८ महिनादेखि २० महिनामा मर्छ भनेको छ, म मर्ने नै हो, बाँच्ने नै होइन’, ओलीको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘हदै भए २२ महिना बाँचुला, पार्टी कल्लाई जिम्मा लाउने भनेर छटपटाएको बेला तपाईंजस्तो नेता पाए, तपाईंलाई नेता पाएर बल्ल ढुक्क भएँ।’

    त्यतिबेला ओलीले तत्कालीन एमालेमा पार्टीको जिम्मा लगाउने व्यक्ति नै नभएको बताएको पाण्डेले बताए।

    पार्टीको जिम्मा लिने कोही देखिन अरू भनेर ओलीले भनेपछि प्रचण्ड जीलाई पनि ढुक्क भयो’, पाण्डेले भने, ‘त्यसखालको कुरा गरेर पार्टी एकता घोषणा गरिएको थियो।’

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरूद्ध पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पाण्डेले उक्त कुरा बताएका हुन्।

    प्रधानमन्त्री ओली अनेक प्रपञ्च र छलछाम गरिरहेको भन्दै पाण्डेले प्रधानमन्त्री छलछाम गर्न सिपालु भएको आरोप लगाए।
    संसद विघटन गरेर प्रधानमन्त्री स्वयं शस्त्रविहीन बन्न पुगेको उनको भनाइ छ।

    ‘हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो, अब स्वयं उहाँ (ओली) शस्त्रविहीन हुनुभयो’, उनले भने, ‘अब उहाँलाई कसैले टेर्नेवाला छैन।’

    प्रधानमन्त्री ओलीले संसद विघटन लगायतका काम सेटिङमा मिलाएको भन्दै उनले खबरदारी गरे।

    ‘उहाँ (प्रधानमन्त्री)ले सेटिङमा गरेको भन्नुहुन्छ, खबरदार’, उनले भने, ‘आफ्नो सेटिङमा होइन, अर्काको सेटिङमा संसद विघटन गर्नुभयो, अरूको बाटोमो हिँड्न थाल्नुभयो।’

    प्रधानमन्त्री ओलीले देशलाई गम्भीर दुश्चक्रमा फसाएको भन्दै उनले मुलुक र जनतालाई भड्खालोमा हाल्ने काम गरेको बताए।

    नेकपाले अघिल्लो निर्वाचनमा ४५ लाख भोट पाएको भन्दै उक्त मतको भावनाविपरीत प्रधानमन्त्री ओली गएको उनले बताए।
    ‘यसले केपी ओलीलाई धिक्कारिरहेको छ’, उनले भने ।

    प्रधानमन्त्री ओलीलाई ५ वर्ष सरकार चलाएर समृद्ध र सुखी नेपाली बनाउन भने पनि अर्कै बाटोमा हिँडेको पाण्डेको आरोप छ।

    संसद पुनर्स्थापना गरेर पूर्ववत् अवस्थामा फर्काउन जटिल र असामान्य भए पनि आन्दोलनमार्फत् बाध्य पार्ने उनले चेतावनी दिए।
    २०६२/०६३ को जनआन्दोलनमा युवाहरूले लोकतन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने भनेको उनले सम्झिए।

    ‘मलाई आफैंलाई खेद लागिरहेको छ, उक्त आन्दोलनमा युवाहरूले लोकतन्त्रका लागि कतिपटक लड्नुपर्ने हो भनेर मार्मिक ढंगले सोधेका थिए’, पाण्डेले भने, ‘हामीले त्यतिबेला कबोल गरेका थियौं, यो अन्तिम हो, यसपछि पर्दैन भनेर त्यसपछि नै त्यो आन्दोलनमा सारा नेपालीले समर्थन गरेका थिए।’

    अहिले आएर प्रधानमन्त्री ओलीले त्यो कबोल र समर्थनलाई धोका दिएको पाण्डेले बताए।

    प्रधानमन्त्री ओलीले चालेको कदम विरूद्धको आन्दोलन कुनै नेताका लागि नभएको उनले बताए।

    ‘यो कदम असफल पारौं, यो असफल भएपछि मात्र हामी सुरक्षित हुन सक्छौं’, उनले भने, ‘यो कदम सच्चिन जरूरी छ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution