पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।