कमलपोखरीमा रहेको आँगन स्वीट्समा छापा मारिएको छ ।
आँगन स्वीट्सको मिठाइ मान्छेको नङ फेला परेपछि प्रहरीले छापा मारेको छ ।
गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्यो ।
बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए ।
बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले । तर, एउटा मिठाइमा मान्छेको नङ फेला परेपछि उनले तुरन्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खबर गरेको गरे ।
त्यसपछि महानगरीय प्रहरी वृत्त, कमलपोखरीबाट डिएसपी सहितको टोली आँगन मिठाइ पसलमा पुगेको थियो।
यससम्बन्धी खाद्य प्रविधि तथा गुण नियनत्रण विभागले अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताए।
विभागका खाद्य निरीक्षक सन्तोष ढकालका अनुसार डिआइजी बोहराले लड्डुमा भएको नङलाई नरिवाल ठानेका थिए ।
‘अरू मिठाइमा केही भेटिएको थिएन। लड्डुको बाहिर हेर्दा केही देखिएको थिएन। खाँदै गर्दाभित्र भने चपाउन उहाँलाई गाह्रो भयो। नरिवल होला भनेर अलि धेरैबेर चपाउनु भयो पछि हेर्दाखेरी नङ रहेछ,’उनले भने,’ त्यो नङ हाम्रोमा ल्याउनुभयो।’
त्यसरी नङ भेटिएको भनिएपछि अनुसन्धान अघि बढाएको उनले बताए ।
‘हामीले विक्री गर्नेहरूलाई पनि सोध्यौं,’खाद्य निरीक्षक ढकालले भने,’हामीले थप अनुसन्धान गरिरहेका छौं। सरसफाइको तरिका सबै निरीक्षण गरिरहेका छौं।’
अहिले प्रहरी सहितको टोली गोठाटारस्थित आँगनले उत्पादन गर्ने ठाउँको निरीक्षण गर्न गइरहेको उनले बताए।
त्यहाँ पुगेर थप प्रमाणहरू जुटाउने काम भइरहेको छ।