नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले ओली पक्षलाई समर्थन गर्नुको कारण भन्दै स्पष्टिकरण लेखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै उनले त्यसको बिरोध गरेका थिए । तर अहिले ओली समुहलाई नै समर्थन गर्दै सरकारका मन्त्रीसमेत बनिसकेका छन् । उनले स्पष्टिकरणमा दुई अध्यक्षको भागबन्डा नै पार्टीको मुख्य समस्या भएको औँल्यका छन् ।
उनले देश र जनताको इच्छबिपरित पार्टीको विननिर्णय संसदीय दलको बैठक नै नबसी फरक समय र प्रयोजनका लागि संसद सदस्यहरुको हस्ताक्षर हरुलालाई आफ्नै सरकारबिरुद्ध अबिस्वासको प्रस्ताव एवम् संसद विघटनसम्म पुर्याएको बताएका छन् । त्यसैकारण पार्टी एकताको प्रकृया पूरा नहुँदै पार्टी क्षतिबिक्षत अवस्थामा पुगेको उनले बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले गलत र सही पक्षहरुको गम्भीर समिक्षा नगरि पुरानै गल्तीहरु पुनारावृती गरेका कारण पार्टी अहिलेको स्थितीमा पुगेको शाहको भनाइ छ । अध्यक्ष दाहालले माधवकुमार नेपाललाई अध्यक्ष बनाएर भागबण्डाकै कारण सिद्ध गरेको उनको भनाइ छ । प्रचण्डले दुई अध्यक्षीय प्रणली अंगिकार गरेर देशलाई अन्त्यहीन अस्थिरताको भुमरीमा धकेलेको गणतन्त्रप्रति नै अविस्वास बत्रढाएर प्रतिगमनको आधार तयार गरेको मन्त्री साहको भनाइ छ ।
मन्त्री साह नेकपा केपी ओली समुहको प्रदेश २ अध्यक्षसमेत रहेका छन् |