नेपाली काङ्ग्रेसका नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपालगञ्जमा भएको काङ्ग्रेसको विरोधसभामा नेता थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।’