चोरीको आरोप लागेपछि बलिउड महानायक अमिताभ बच्चनले माफी माग्नु परेको छ । गत बिहिबार, अमिताभले जिन्दगीको चियाको बारेमा सामाजिक सञ्जालमा एक कविता साझा गरेका थिए । यसमा तिशा अग्रवालले दावी गरे अनुसार कविता उनको हो ।उनको कविता सेयर गर्दा बच्चनले श्रेय नदिएको भन्दै उनले गुनासो गरेकी थिइन् । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तिशा अग्रवालको पोस्ट साझा गरे र अमिताभमाथि कविता चोरेको आरोप लगाउन थाले
।तीन दिन पछि जब अमिताभले यो प्रवृत्ति आफैं बिरूद्ध भइरहेको देखे तब उनले तिशा अग्रवालसँग माफी माग्नु परेको थियो । आइतवार राति अमिताभले माफी माग्दै लेखे, ‘गल्ती सुधार ।
यो कविता र विचार तिशा अग्रवालले लेखेकी थिइन् । मलाई यसको बारेमा थाहा थिएन ।कसैले मलाई यो कविता अरु कसैले पठाईएको थियो जुन मैले मनपराए र मैले यसलाई पोष्ट गरेको थिएँ । माफ गर्नुहोस्, यो कसैको अपमान गर्ने अभिप्रायले गरिएको थिएन । म दुःखी छु।’ अमिताभको उक्त व्यवहारलाई लिएर धेरैले तारिफ पनि गरेका छन् ।
T 3765 – @TishaAgarwal14 .. Tisha जी , मुझे अभी अभी पता चला की एक ट्वीट जो मैंने छापा था वो आपकी कविता थी ।
— Amitabh Bachchan (@SrBachchan) December 27, 2020
मैं क्षमा प्रार्थी हूँ 🙏 , मुझे ज्ञान नहीं था इसका ! मुझे किसी ने मेरे Twitter या मेरे WhatsApp पर ये भेजा , मुझे अच्छा लगा ,और मैंने छाप दिया ।
मई माफ़ी चाहता हूँ