प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी जनप्रर्दशन सहितको थप कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस २५ देखि एक सातासम्म केन्द्रीय नेताहरु सहभागी भएर देशका प्रमुख शहरमा विरोध प्रर्दशन गरिने जनाइएको छ ।
विराटनगर, धनगढी र भैरहवामा पुस २५ मा जनप्रर्दशन गरिने भएको छ । विरगन्ज,नेपालगन्ज र जनकपुरमा पुस २७ मा प्रर्दशन गरिने जसपाले जानकारी गराएको छ ।
पोखरा, सुर्खेत र बिर्तामोडमा पुस २९ मा प्रतिनिधिसभा विघटनविरुद्ध जसपाका नेता कार्यकर्ता उत्रने भएका छन्। धरान, मलंगवा, सिरहा, कलैया र तौलिहवामा माघ ३ मा जसपा सडकमा उत्रने भएको छ ।
प्रमुख सबै सहरमा हुने विरोध प्रर्दशन र सभामा केन्द्रीय नेताहरु सहभागी हुने भएका छन् ।
माघ ७ मा सबै जिल्लाका सदरमुकामलगायत प्रमुख सहरमा विरोध प्रर्दशनसहित सभा गरिने कार्यतालिका बनाइएको छ। साथै, जसपाले पुस २१ मा नागरिक समाज,वौद्धिक वर्ग लगायतसँग प्रतिनिधिसभाको विघटनको सन्दर्भमा बृहत् अन्तक्रिया गर्ने भएको छ ।