नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुन नसक्ने बताएका छन् ।
नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
पूर्व–मन्त्री भुसालले वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने बताउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी उनले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । उनले भने, ‘मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।’ रासस