भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।
विभिन्न देशबाट आउने यात्रुसँग भनसुन गरेर भन्सार छली गरेर ल्याएको ५० ग्राम सुन र स्रोत नखुलेको चार लाख ३७ हजार रुपैयाँ नगदसहित नुवाकोटको शिवपुरी गाउँपालिकाका प्र्रह्लाद थापा पक्राउ परेका छन् ।
यस्तै ५० ग्राम सुन तथा स्रोत नखुलेको चार लाख ४० हजार रुपैयाँसहित धादिङको ज्वालामुखीका अर्जुनप्रसाद थपलियालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीको लागि बरामद सुन र नेपाली रुपैयाँसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।