आइतबार काठमाडौं उपत्यकामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा १११ महिला र १६७ पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकाकासहित ६५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १११ महिला र १६७ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ।
यस्तै सोमबार ७१८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५० हजार ५८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो।
देशभर सक्रिय संक्रमितको संख्या भने ६हजार ४२७ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।
यस्तै अहिले ३६९ जना क्वारेन्टिन र ६ हजार ४२७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।