नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले नेपालको भूमि मिचिएको सवालमा आफ्नो अग्रगामी भूमिका रहने बताएका छन्।
एक टेलिभिजनको कार्यक्रममा उनले ओलीको नेतृत्वमै नेपालको गुमेको भूमि फिर्ता लिइने स्पष्ट पारेका छन्। उनले भूमि फिर्ताको लागि आफूहरुले कुटनीतिक पहल नै जारी राखेको बताएका छन्।
साथै उनले पार्टी नफुटेको भएपनि आफू मन्त्री बन्ने थिएँ भन्ने जिकिर गरे। उनले मन्त्रिमण्डल पूनर्गठनको सवालमा आफूलाई मन्त्री बनाउने प्रधानमन्त्रीको ईच्छा थियो भन्ने कुरा सुनाए।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रिय कमिटी सदस्य ठगुन्ना दार्चुलाबाट झण्डै २९ हजार मत प्राप्त गरेर प्रत्यक्ष निर्वाचित भएका थिए।