उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले नेकपा सूर्य चिन्ह लिएर जनतामाझ जाने बताएका छन् ।
शनिबार काठमाडौं क्षेत्र नंवर ५ को नेकपा अगुवा कार्यकता भेलामा उनले ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका हुन् ।
नेता पोखरेलले नेकपालाई फुट नभई बलियो बनाएर लैजाने तर्क पनि गरे । पार्टी बिभाजन जनताको म्यान्डेड नभएको भन्दै बिगतका उदेश्य पूरा गर्न पनि एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
नेकपाभित्रका सदस्यलाई पूर्व एमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
पोखरेलले भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृति त्याग्नुपर्ने भन्दै पार्टीका लागि लड्नेहरुलाई निराश नपार्ने बताए ।
आफु मन्त्रीपरिषद्को कार्यालयमा रहेको भन्दै नेता पोखरेलले ठूला–ठूला आयोजनाको अनुगमन आफुले गर्ने गरेको जानकारी दिए ।