नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रतिनिधिसभ विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताए ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने संसद पुनस्र्थापना हुनैपर्ने दाबी गरे । ‘अब ओलीलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ ?’ उनले प्रश्न गरे ।
हिजो राजालाई न्यायाधीशलाई हटाउने अधिकार हुने स्मरण गर्दै उनले नयाँ राजा बन्ने प्रयास नगर्न ओलीलाई चेतावनी दिए ।