‘म तपाईं (प्रचण्ड) काे पक्षमा लाग्दिनँ, म अझैपनि पार्टी एकताकै पक्षमा छु’- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमकाे भनाइ हाे याे ।
पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहानै खुमलटारमा बाेलाएर आफ्नाे पक्षमा लाग्न आग्रह गरेपछि वामदेवले यसाे भन्नुभएकाे हाे । ‘म प्रचण्ड-माधवकुमार नेपाल पक्षमा लाग्दिनँ, अरू पक्षमा पनि जाँदिन म सिर्फ पार्टी एकताकाे पक्षमा छु’- वामदेवकाे भनाइ छ ।
नेकपाकाे प्रचण्ड-माधव समूहले नेताहरूलाई आफ्नाे पक्षमा लाग्न फकाइरहेकाे छ । प्रतिनिधि सभा विघटनपछि फुटेर गएकाे साे समूहले गाैतमलाई पटक-पटक आफ्नाे पक्षमा लाग्न आग्रह गरेकाे छ । तर गाैतमले अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेकाे बताउँदै आएका छन्।
वामदेवलाई खुमलटार बाेलाएर प्रचण्डले आफ्नाे पक्षमा लाग्न पटक-पटक अनुराेध गरेका थिय । तर वामदेवले ठाडै अस्वीकार गरेको उनका प्रेस सल्लाहकार संयाेजन विश्वमणि सुवेदीले जानकारी दिए । प्रचण्डले उचित पद दिने भन्दै आफ्नाे पक्षमा लाग्न वामदेवलाई आग्रह गरेका थिए । तर वामदेवले प्रचण्डकाे साे प्रस्ताव ठाडै अस्वीकार गरेका हुन् ।