गुठिचौर गाउँपालिका–१ नापिनी बस्ने ४५ वर्षीया चन्द्रकली एडीको ढुङगा खसेर लाग्दा बिहीबार दिउँसो मृत्यु भएको छ । जंगलमा दाउरा खोज्न गएकी एडीलाई अचानक माथिबाट ढुंगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता घोडाघोडी नगरपालिका-८ दिपनगर बस्ने १७ वर्षीया अनिता चौधरीको भुतिया तालमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । महोन्याल गाउँपालिका-१ स्थित बगैगडा भन्ने स्थानमा पिकनिक खान गएकोमा सोही ठाउँस्थित भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी सप्तरी, राजविराज नगरपालिका-११ झलि बस्ने रामचन्द्र यादबको गोठमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटान बस्ने ३६ वर्षीय बुढीलाल खत्वेको घरमा बिहीबार दिउँसो आगलागी हुँदा बुढीलालको घर र सोही ठाउँ बस्ने बिनोद यादवको कोशी कटान कुखुरा फर्मू समेत जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ललितपुर, महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार सिस्नेरी बस्ने भिमलाल दुवालको टहराको पूजाकोठामा धुप बाली राखेकोमा धुपबाट परालमा आगो सल्किएर बिहीबार राति आगलागी हुँदा टहरा समेत जलेर करिब १ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली, कैलाली गाउँपालिका-७ रतनपुर बस्ने ३४ वर्षीय राम बहादुर चौधरीको पोल्टी फर्ममा करेन्ट सर्ट भई बिहीबार बेलुका आगलागी हुँदा फर्म तथा करिब २ सय ५० वटा कुखुरा समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता सप्तरी बिष्णुपुर गाउँपालिका-६ रंजितपुर डेरा गरी बस्ने राजगढ गाउँपालिका-३ घर भएका ४० वर्षीय भगवत साहको कोठा अगाडि पार्किङ गरी राखेको ना.१ ज ७८८६ नम्बरको म्याजिक गाडीमा बिहीबार राति आगलागी हुँदा गाडी जलेर करिब १५ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।