नेता भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।
‘सभामुखजीलाई भन्न चाहन्छौं कि प्रतिनिधिसभा ज्युँदै छ । तपाईंले प्रतिनिधि सभाको बैठक राख्नुस् दुई तिहाई सांसद तपाईंले बोलाएको प्रतिनिधि सभाको बैठकमा आउन तयार छन् र त्यो जे निर्णय गर्नुपर्छ प्रतिनिधि सभाले गर्छ’ नेता भट्टराईले भने ।