सो अवसरमा गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने भन्दै पछिल्लो समय क्यूआर कोडमार्फतको भुक्तानी मासिक रूपमा ३० प्रतिशतले बढेको बताए ।
कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछि नगदरहित अर्थतन्त्रको आवश्यकता रहेकाले उनले कालीमाटी फलफूल तथा तरकारी बजार, बल्खुजस्ता ठूला तरकारी बजारमा पनि छिट्टै नगदरहित कारोबार क्यूआर कोडको सुरुवात गरिने बताए ।
सामाजिक र आर्थिक रूपान्तरणमा क्यासलेस कारोबार र प्रविधिमैत्री विद्युतीय कारोबार विकास र विस्तारमा सरकार र राष्ट्र बैङ्कले विभिन्न योजना तथा कार्यक्रम बनाएर अगाडि बढिरहेको उहाँको भनाइ थियो । याे खबर गाेरखापत्र दैनिकमा छ ।