प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि नेकपामा देखिएको विभाजनका कारण प्रचण्ड र नेपाल पक्षका सांसदहरुले राजीनामा दिएका थिए।
रिक्त रहेको पदमा प्रचण्ड समूह छाडेर आउँनेहरुलाईनै ओलीले नियुक्त गर्दै अन्यको जिम्मेवारी समेत हेरफेर गरेका हुन।
मणि थापा २०५१ सालमा तत्कालिन विद्रोही नेकपा माओवादीको सशस्त्र संर्घषमा सक्रिय थिए। उनले हालसम्म माओवादीको तर्फबाट सांसद समेत बन्न पाएका थिएनन।
प्युठान घर भएका थापालाई मन्त्री बनाउन प्युठाननै घर भएका भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गुन लगाएको बताइएको छ।तत्कालीन नेकपा (माओवादी) को १० बर्षे सशस्त्र संर्घषमा जनताहरुमा चेतना फैलाउन मणि थापा नाटक, अपेरा आदिजस्ता साँस्कृतिक कार्यक्रमहरु लिएर जाने गर्थे।
निरंकुश राजतन्त्रात्मक शासनका सेना तथा पुलिसको तारो बनेका उनी साँस्कृतिक कार्यक्रम देखाउँदै हिँड्दा नै कयौं पटक ज्यान जोखिममा परेको बताउँने गर्थे। उनले सोही संर्घषमा आफ्ना एक भाइ पनि गुमाएका थिए।
उनले लेखन तथा गीतसङ्गीतमा आफ्नो प्रतिभा देखाएका थिए। हालसम्म नेता थापाका झण्डै आधा दर्जन कृतिहरु बाहिर आएका छन्।
तिनीहरुमा गंगा काबेरी एक्स्प्रेस चिठ्ठी २०४४, फोकल्याण्डको टापुबाट (गिती सङ्ग्रह) २०५१, बगिरहेको सुनकोशी कविता सङ्ग्रह २०५८, गंगा काबेरी एक्स्प्रेसको यात्रा (खण्डकाव्य) २०६० र गाथा (गिती एल्बम) २०६० रहेका छन्। यसबाहेक उनले नेपाली चलचित्रहरु ‘दशगजा’ र ‘भिमदत्त’ मा सङ्गीत हाल्नुका साथै गीतहरु निर्माण गरेका छन्।
नेकपा माओवादी शान्ति प्रक्रियामा आउँनै लाग्दा २०६२ सालको चुनवाङ बैठकमा थापाले पार्टीसँग असहमति राखेर छुट्टै पार्टी गठन गरेका थिए।
त्यसयता लामो समय आफ्नै पार्टी चलाएर बसेका थापा २०७३ सालमा प्रचण्डसँग एकता गर्न आएका थिए। प्रचण्डले उनलाई स्थायी कमिटीको जिम्मेवारी दिएका थिए।
उनी पछिल्लो २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्यूठानबाट उठ्न खोजे। तर, जनमोर्चासँग तालमेल भएकाले दुर्गा पौडेललाई उम्मेदवार स्विकार गरिएपछि समानुपातिक सूचीमा राखिएको थियो। त्यताबाट सांसद हुन नसकेपछि राष्ट्रिय सभामा जाने ईच्छा देखाएका थिए। अन्तिमा प्रचण्डले राष्ट्रिय सभामा नपठाएपछि उनी चिढिएका थिए।
पछिल्लो समय प्रतिनिधिसभा विघटनसँगै नेकपामा विभाजन देखिएका बेला थापा ओली कित्तामा उभिएका हुन। उनलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली समूहमा समाहित गराउन भूमिका खेलेका हुन।
नेकपा अनौपचारिक रुपमा विभाजन भएसँगै ओली कित्तामा गएको २ दिनमै थापाले मन्त्री बन्ने अवसर पाएका छन्।
रिक्त रहेको पदमा प्रचण्ड समूह छाडेर आउँनेहरुलाईनै ओलीले नियुक्त गर्दै अन्यको जिम्मेवारी समेत हेरफेर गरेका हुन।
मणि थापा २०५१ सालमा तत्कालिन विद्रोही नेकपा माओवादीको सशस्त्र संर्घषमा सक्रिय थिए। उनले हालसम्म माओवादीको तर्फबाट सांसद समेत बन्न पाएका थिएनन।
प्युठान घर भएका थापालाई मन्त्री बनाउन प्युठाननै घर भएका भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गुन लगाएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अघि प्रचण्ड समूह त्यागेर आएका मणि थापालाई मन्त्री नियुक्त गर्दै आफ्नो सरकारमा सहभागि गराएका छन्।
थापालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। सो मन्त्रालयको नेतृत्व यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरले सम्हालिरहेकी थिइन्।