प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् । १३ महिना अघि राज्यमन्त्रीमा नियुक्त भएका दुगडलाई शुक्रबार ओलीले पदबाट हटाएका हुन् । दुगडसँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा पनि हटाइएका छन् ।
विराटनगरका उद्योगी दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए ।
विराटनगरका उद्योगी दुगड ओली निकट हुन् । ओली कै जाेडबलमा दुगड प्रतिनिधिसभामा समानुपातिक सांसद् बनेका थिए ।