एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो नातीको नाम राखेका छन् । आकाश अम्बानी र श्लोका अम्बानीका छोरा जन्मदेखि नै चर्चामा रहन सफल भएका छन् । मुकेश अम्बानी १० डिसेम्बरमा हजुरबुबा भएका हुन् । अम्बानी परिवारले परिवारको नयाँ सदस्यको नाम ‘पृथ्वी आकाश अम्बानी’ राखेको छ ।
यो नामलाई अनौठो नाम भनेर प्रतिक्रिया आउन थालेका छन् । अम्बानी परिवारले आधिकारिक विज्ञप्ति जारी गरेर यस बारेमा जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘भगवान कृष्णको आशीर्वाद र धीरुभाई अम्बानीको आशिष्, कोकिलाबेन अम्बानी, आकाश र श्लोकाका छोरा ‘पृथ्वी आकाश अम्बानी’ हाम्रो बहुमूल्य बच्चाको जन्म घोषणा गर्न पाउँदा खुसी छन् । निता (हजुरआमा), मुकेश (हजुरबुवा) लगायत अम्बानी परिवारको तर्फबाट विज्ञप्ति जारी गरिएको छ ।